Dr. Bidur Chalise “लघुकथा: भेटुँ न यतै 2020”

लघुकथा: भेटुँ न यतै

Dr. Bidur Chalise

लघुकथा: भेटुँ न यतै
लघुकथा: भेटुँ न यतै

लघुकथा: भेटुँ न यतै (Nepali Short Story)

एकजना असल मित्रले माननीय सांसदज्यूलाई निकै गुनासाे गरेर उच्चस्वरकाे अतिसयाेक्ति रागमा भने । — “कुर्सीकाे पेच खुस्कियाे कि हाे ?” — “हैन हैन, आइसाेलेसनमा थिएँ !” — “काेराेना लागेकाे थियाे र ?” — “काेराेना साेराेना त थिएन !” — “अरे ! आइसाेलेसनमा बसेपनि फाेन उठाउन मिल्थ्याे हाेला नि त ?” — “हैन हैन, कुरा सर्ला भनेर !” माननीय सांसदज्यूकाे उच्च मनकाे दसाकाे मर्म कसरी थाहा पाउनु र ? असल भएपनि सामान्य मित्रकाे मन बिना भाँती कुँडियाे तरपनि उनले पनि त्यसै पत्याइदिए । अनि आफ्नाे समस्या बताए । —

“जरूरी काममा फाेन नै उठ्दैन्, हाैउ किन ? न मेसेजकाे रिप्लाई, न कल व्याक ! समस्या परेर पाे फाेन गरेकाे त !” —

“हैन हैन, अर्काकाे हरिएला भनेर !” — “कुरा बझिन, के हर्छ र ?” — “केही हैन, बरू भाेलिदेखि भेट्न सकिन्छ !” आफ्नाे सार्बजनिक जरूरी विषयमा जानकारी गराउँदै असल मित्रले दुखेसाे पाेखेर फेरि भने । –“आपतकाे बेलाकाे फाेन नउठाउने माननीय सांसद ?” — “अब उठ्छ, अस्तिन हाइएलर्ट भएर हाे !” — “अरे ! आइसाेलेसन ? हाइएलर्ट ? के भ्यान्टिलेटरमा सास फेर्दै हुनुहुन्थ्याे र ?” —

“त्यस्तै, भ्याण्टिलेटर जस्तै हाे !, नरिसाउनु न तपाईं, अब भेट्ने आजदेखि !” असल मित्रकाे दिमाग चक्करायाे । उनी माननीय सांसदज्यूकाे ढाँचा देखेर तरङ्गित हुन थाले । ती मित्र के के साेचिरहेका हुन्थे थाहा थिएन् । उनका मनमा जीवनका अनेकाै पापधर्मकाे कर्म बारे जिज्ञासा र शङ्का उत्पन्न हुनथाल्याे। त्यसै के के साेचिरहे । अन्त्यमा उनले माननीय सांसदज्यूलाई भने । —

“फेरि भरे फाेन गर्छु ल ?” — “हुन्छ, गर्नु न ?” बेलुका माननीयज्यू निकै फुरूङ्ग रहेछन् । फाेनकाे घण्टी जाना साथ उनले एक सर्टमै फाेन उठाए । अनि दिउँसाेकाे सबै कुरा बेलिबिस्तार गरे । — “हेर्नू न दाइ ! अर्काेचाेटी भनेकाे के हाे के हाे, यसपाली मन्त्री पड्काउँला कि भनेर नि !” —

“आइसाेलेसन अनि हाइएलर्टमा नै बस्नुपर्छ त ?” — “के गर्नु यसाे गरेर त पत्याएनन् ।” — “ल ल खुसी लाग्याे, अब भेट हुने भयाे !” — “उमम् दाइ पनि, चुनावमा त दाइहरूकै सहयाेग चाहिन्छ नि, मेराे पनि खासै त काे छ र ? असल मित्रले आफ्नाे मनमा आइपरेकाे समस्याकाे बावजुद पनि मन थाम्दै हात उठाएर आशिर्वाद दिए । —

“मन्त्रीका लागि कसरत पुगेन तथास्तु !” — “बरू आजै एकछिन भेटुँ न यतै थप सल्लाह गरूँ !” असल मित्रका शालीन आँखा टाढा टाढा निस्वार्थ उडिरहेका थिए । मध्यरातसम्म त्यसपछि स्वार्थ र निस्वार्थ चेतनाकाे बारे निकै बहस चलिरहेकाे थियाे तापनि असल मित्रकाे अन्तिम आवाज सुनिएकाे थियाे । — “निस्वार्थ त्याग गर्नेहरू सधै मरिरहन्छन् !”

Read the Nepali Short Story, Muktak:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: