A Short Story: हस्ताक्षर-गुरू by Bidur Chalise

A Short Story: हस्ताक्षर-गुरू

A Short Story
A Short Story by Bidur Chalise

लघुकथा : हस्ताक्षर-गुरू

~Dr. Bidur Chalise —

“ओ ! हेल्मेट गुरू ! रामरमण त्यसै अलमल्ल परे । उनकाे कानैकाे छेउबाट सिर्का हानेकाे आवाजले उनकाे मस्तिष्क रिंगायाे । पल्लातिर पुगेकाे भरतले दाँत खिसिक्क देखाएर रामरमणतिर हेरे भन्याे । –“हजुरकाे कक्षामा बस्नै भ्याइन सर !”

–“के भाे त नबसेर, नाेट बनाएर पठाइदिउँला, नाेट पढेर जाँच दिन पनि सजिलाे । पास गर्न पनि सजिलाे ।” लठुवा भरतलाई के खाेज्छस् काना आँखा भने झैं भयाे । राम रमणकाे उपदेश सुनेपछि त्यसै मख्ख परेर साेच्न थाल्याे ।

–“तब न गुरू ! खुब कमाएछन् यिनले !” रामरमण सरासर हेल्मेट लगाएरै विश्विवद्यालयमा छिरे । उनले हेल्मेट लगाएरै बाहिर निस्के । बाटाेमा एकहुल छात्रहरू गुरू सँग शाेधकार्य गर्नका लागि आएका थिए । ठ्याक्कै भेटेपछि छात्रहरूले उनलाई प्रश्न गरे ।

–“गुरूकाे हेल्मेट न विश्वविद्यालयमा छिर्दा टाउकाेबाट बाहिर निस्कन्छ, न विश्वविद्यालय बाहिरतिर लाग्दा निस्कन्छ ?”

–“हाे त नि ! विश्वविद्यालयमा पनि गुटबन्दी छ । के हाे ? के हाे ?, लाठी चार्ज भइहाल्याे भने बचिन्छ नि त !” धेरै दिनदेखि गुरूलाई नदेखेकाे अमनले मनकाे उराठ ज्वाला सँग व्यङ्ग्य मिसाएर मुख छाेड्याे ।

–“हाेइन हाेला गुरु ! गुरूकाे फुर्सद नभएर हाेला !” रामरमणलाई आफ्नै इमान्दारिताप्रति प्रश्न उठेकाे झैं उनलाई लाग्याे । उनले तत्काल प्रतिक्रिया दिए ।

–“के गर्नु ? सरकारी तलबले पुग्दैन । बालबच्चा हुर्काउानै पर्याे । दाेडादाैड नगरे जीवन नै चल्दैन ।” रामरमणकाे निरीहताप्रित । काेही बाेल्न सकेनन् । उनीहरूले यति मात्रै भने ।

–“गुरू ! अब हाम्राे शाेधकार्यकाे थेसिस सकाइदिनु पर्याे ।”

–“हैट लाटा हाे ! तिमीहरूकाे खाेज र अध्ययन नै पुगेकाे छैन। बिस्तारै हुन्छ पख न !” अर्काे बायाँ फर्केकाे अब्बल छात्रकाे ज्वराे खुरूक्क माथितिर चढ्याे । उसले वायाँ फर्केर नमस्कार गर्याे अनि उसले दुखेसाे पाेख्दै भन्याे ।

–“गुरू ! मेराे थेसिस छिटाे सकिए गाेल्डमेडल पाउँथेँ। नत्र भने छुट्छ, हजुर ।”

–“दाेस्राे नम्बर कस्काे छ ?”

–“हरिओम तत्सतकाे छ गुरू !” रामरमण त्यहाँबाट फरक्क फर्के र अफिस काेठामा सरासर गए । उनकाे हातमा कालाे कलम थियाे । त्याे कालाे कलमले थपक्क हाजिर कापी पल्टाउँदै त्याे दिनकाे हस्ताक्षर गरे अनि पछिपछि आएका छात्रहरूलाई पुन एक महिनाकाे गृहकार्य दिए । बाटाेबाट फर्कँदै गर्दा लठुवा भरतलाई उनले फेरि भेटे । भरतले आशापूर्वक साेध्याे ।

–“गुरु ! खाेई मलाई नाेट ?”

–“कुन नाेट ? आफुलाई त नपुेर पसिना छुटेकाे छ !” लठुवा भरतकाे आशा अर्कै थियाे कि वा के हाे ? रामरमणले हत्त न पत्त भरतलाई पन्साउन भनिहाले ।

–“वेभ साइडमा हेर न वेभसाइडमा, जम्मै आउँछ के, छात्रहरू पनि कति स्वाँठ छन्, कुरै बुझ्दैनन् ।” लठुवा भरतलाई बेसरी रिस उठेर उ चिच्याउँदै करायाे ।

–“कहाँ आउँछ ? के आउँछ ? कसरी आउँछ ?”

–“ह्या, आफुलाई हतार भइसक्याे ! पछि अब पछि !” प्राध्यापक गुरु दाैडँदादाैडँदै अर्काे कजेलमा पुग्दा हाजिरमा राताे चिन्हाे लगाएर हाजिरकापी प्रिन्सिपल अगाडि राखिएकाे थियाे । रामरमणले दुई हात जाेडेर भने।

–“हजुर सर ! आज ढिला भाे, भाेलिदेखि समयमा आउँछु ल सर !” अनुनय विनयकाे भावमा खिस्रिक्क परेका प्राध्यापकलाई एक टकले प्रिन्सिपलले हेरिरहेका थिए । उनकाे मुखबाट कुनै शब्द ननिस्के पनि भावमा भने झैं बुझिन्थ्याे ।

–” वरिष्ठ प्राध्यापक रे ! काम न बेकामका हस्ताक्षर- गुरू “

Follow him on Facebook: Dr. Bidur Chalise

Read the best stories:

One thought on “A Short Story: हस्ताक्षर-गुरू by Bidur Chalise

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: