A Short Story: लघुकथा by Dr. Bidur Chalise

A Short Story: लघुकथा by Dr. Bidur Chalise
A Short Story: लघुकथा by Dr. Bidur Chalise

A Short Story: लघुकथा by Dr. Bidur Chalise

लघुकथा : लघुकथा

~Dr. Bidur Chalise

कक्षामा चारपाँच घण्टादेखि भट्याइरहेका प्राध्यापकलाई एक विद्यार्थीले सुरिएर साेध्याे ।

–“गुरू लघुकथा कसरी लेख्ने ?” प्राध्यापककाे धाराप्रवाह छुटिरहेकाे सिध्दान्त लिलाकाे प्रवचन एकाएक धमिलाे बन्याे । विद्यार्थीले खाेजेकाे जवाफ के थियाे, थाहा थिएन । उनले एकैचाेटी आफ्नाे धारा प्रवाह प्रवचनलाई टक्कै राेकेर जवाफ दिए ।
–“उल्लूका पठ्ठा त्यति पनि थाहा छैन ? कलममा मसी भर्ने कापीमा लेख्ने । कम्प्युटरमा भए बटन थिचिदिनु आफै लघु- कथा खुरूखुरू लेखिन्छ ।” विद्यार्थीले खाेजेकाे जवाफ सायद यस्ताे नभएर अर्कै नै थियाे हाेला सायद । त्यसैले सुचारू प्रवचनकाे बीचमा फेरि विद्यार्थी आग्रह गर्न थाल्याे ।

–“लघुकथा लेख्न कुन सिध्दान्त पढ्नुपर्छ भनेकाे गुरू !” प्राध्यापक चूर भए । उनकाे दम्भ खुब बढेर गयाे । अनि उनले विद्यार्थीलाई हकार्न पाे थाले । गुरूका अन्य सबै विद्यार्थीहरू मुखामुख गरेर विचराे बुद्दु साथीलाई घुर्न थाले । उसकाे आँखा लज्जाले एकछिन घाेप्टियाे । गुरूले आफ्नै पुरानाे प्रवचन पुन सुरू गर्दागर्दै एकाएक राेकिए अनि प्रवचनमा जलनकाे फुर्का गाँस्न लागे ।

–“हरिओम तत्सत ! हरिओम तत्सत !! लघुकथा लेख्न मिल्छ भनेर कस्ले सिकायाे ? याे सिध्दान्त बनेकै छैन ! विद्यार्थीहरू पनि खाली उल्लू उल्लू प्रश्न मात्रै गर्छन् । लघुकथा भन्ने लेख्नै मिल्दैन !” अर्काेतिर विद्यार्थीकाे माेवाइलमा युटुवका लघुकथा प्रशिक्षण चलिरहेकाे थियाे । विद्यार्थीकाे नजर माेवाइलमै थियाे । उसले गुरूकाे प्रवचनलाई ध्यान थिएन । बरू माेवाइलकाे प्रशिक्षण उसलाई निकै चाख लागेकाे थियाे। उस्ले गुरूलाई माेवाइलकाे सिध्दान्त पढाइरहेकाे युटुवकाे प्रशिक्षकलाई देखाएर भन्याे ।

–“युटुवे गुरूले भनेकाे त मिल्छ रे त !”

–“छि:छि: छि: कस्ता अनुहार न दनुवारका प्रशिक्षक रहेछन् । चुहिएकाे सिध्दान्त पढाएर उल्लु बनाउने मानिस । सकेदेखि त यसै गरी कक्षामा पढाए भइहाल्थ्याे नि । हरओम तत्सत ! हरिओम तत्सत !! आजकाे कक्षा सकियाे । बाँकी जति अर्काे दिन !” बुद्दु विद्यार्थीहरू गुरूलाई अघिपछि घेरिरहेका थिए । गुरूकाे शिरकाे प्राध्यापकरूपी पगरीमा उनीहरू बेलाबेला हिरा,माेती, जवाहररतकाे उज्यालाे झिल्का देख्दथे । बेलाबेलामा भ्रममा परेर साेध्दथे ।

–“चुहिएकाे सिध्दान्त भनेकाे के हाे ?”

–“लाै ! अब यिनीहरू पनि लघु-लेखक हुने भएछन् !” वाल्ल परेका विद्यार्थीहरूकाे भीड गुरूकाे किम्मती पगरीबाट आइरहेकाे प्रकाशकाे आभामा तिल्मिलाउँदै मुख लुकाएर खासखुस गर्दथे ।

–“महालघु व्यक्तित्व !” उनीहरू एकछिन थपडी बजाउँथे, उम्लिन्थे, हाँसिरहन्थे, फाँई -फुँई जिस्किरहन्थे। व्यङ्ग्यका लहरलाई जाेक्स बनाएर त्यसै छाेडिरहन्थे । बेलाबेलामा बान्कीका दुर्गन्धमा शैली र कहिले शैलीका सुगन्धमा कथावस्तु तीब्र भएर आउँथे । लघुता-भास भएर उडेका उनीहरूका चेतनाहरू बाैरिरहन्थे ।

–“लघु-लेखकका लघुकथाहरू बनेर !”

Read the top stories:

3 thoughts on “A Short Story: लघुकथा by Dr. Bidur Chalise

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: