लघुकथा: सेफकाे धन~डा. विदुर चालिसे

लघुकथा : सेफकाे धन~डा. विदुर चालिसे
लघुकथा: सेफकाे धन~डा. विदुर चालिसे

लघुकथा : सेफकाे धन

~डा. विदुर चालिसे

लघुकथा: सेफकाे धन~डा. विदुर चालिसे

–“बुढाबुढीकाे धन गन्दै नगन !” सम्पत्तीसम्बन्धी पारिवारिक झगडाले सगरमाथा चुलिएपछि कवाडीले नबिक्ने भनेर घुरानतिर धेरै पहिलेदेखि मिल्काएकाे थाेत्राे बाकसलाई एक दिन के मनमा आएर हाे ?, भाेलानाथले धाेइधाई गरेर रङ्ग लगाने र नयाँ बनाउने विचार गरे अनि उनले त्याे बाकसलाई घरमा ल्याए र सुनाैला रङ्ग पाेते । अपहेलना, आरिस, छेडपेच र दरिद्र पुरूषत्वकाे अर्थहीन आराेपकाे छेउ मा आक्रान्त भाेलानाथलाई उत्श्रृङ्खल स्वामिनीले भनिन् ।

–“बाैलाहा बुढा, काम छैन ?, बरू दाेबाटाेमा माग्नु नि !” घरकी स्वामिनीले निकै कठाेर व्यङ्ग्यले आफ्नाे अैाकात एवं हैसियत प्रदर्शन गरेर भनिरहँदा मन पेटमा खल्बलिँदै विकार भएर गुजुल्टिएकाे झगडिया रूपी रापिलाे मुस्लाे उडिरह्याे । भाेलानाथले बाकसलाई सुनाैला रङ्गले पाेति नै रहे । उनले कुनै शब्द पनि बाेलेनन् । छाेरा बुहारीले उनकाे यस्ताे चाला देखेरै खर्च असयाेग गरेकाे झाेकमा हपारे ।

–“हजुरलाई के नपुगेकाे छ र ? जाबाे यस्ताे कवाडीकाे कालाे बाकसलाई सिंगारेर के नाटक गरेकाे ?” भाेलानाथले खाग्सीले कालाे थाेत्राे बाकसलाई झनझन् घाेट्दै रहे । उनकाे माैनतामा कुनै प्रश्न थियाे कि वा उत्तर कसैले पनि बुझ्न सकेका थिएनन् । त्यसपछि भाेलानाथले सुनाैला बाकस आफ्नाे काेठामा सबैकाे अगाडि देखिने ठाउँमा राखे । जबजब उनी बाहिर जान्थे तबतब उनले प्रत्येक दिन केही न केही साे बाकसमा पाेकाे पारेर सबैले देख्ने गरी केही चिज खसाल्थे । एकदिन स्वामिनीले घर झगडा मत्थर लागेकाे बेलामा बाैलाहा एवं दरिद्र पुरूष भाेलानाथ बुढालाई साेधिन् ।

–“सधै याे सुनाैला बाकसमा के खस्छ ?” उनले सहजै उत्तर दिएनन् । गम्भीर भएर केही साेचे अनि निकै कर गरेपछि भनिदिए ।

–“भेटेकाे जति फाेटाे खसाल्छु !

–“कति ठुलाे पानी बाैलाहा रिस !” स्वामिनीकाे मनमा शङ्का उपशङ्काहरू उत्पन्न हुन थाल्याे । बुढाले फाेटाे जम्मा गरेकाेबारे एकफाँक मै बुहारीलाई खुसुक्क दसी प्रमाणका कुरा भनिन् ।

–“बाकसमा जम्मा गरेर राखेकाे फाेटाे कस्काे रेछ ? थाहा छ तिमीलाई ?”

–“अहँ, थाहा छैन !”

–“मलाई त शङ्का लागेकाे छ !” बुहारीले ससुराकाे नियत ठीक नभएकाे र रिसले मन बिगारेर फाेटाे खाेज्दै हिंडेकाे सन्दर्भलाई कुरैकुरामा प्याच्च थप कुराे राखिन् ।

–“बजारका दस थरीसँग सङ्गत छ । कसैले अंश मागिरहेछ कि क्या हाे ? नत्र बेकारमा कस्काे कस्काे फाेटाे सडकबाट टिपेर सङ्कलन गरेकाे नाटक गर्नु ? पक्कै बुढाले अर्की जाेडे कि क्या हाे ?” स्वामिनीकाे अनुहार राता न राताे भयाे । उनी रून चिच्याउन लागिन् । एकछिन मै कुनामा बसेर त्यसै पिल्पिलाउन थालिन् । टुप्लुक्क आइपुगेकाे छाेरालाई उनले मनकाे व्यथा सहन गर्न नसकेर बर्बराउन थालिन्। कुरा सुनेपछि छाेराे पनि बिलखबन्द पर्नथाल्याे । उसकाे रिसकाे सिमा रहेन । उसले बाबुलाई देख्ने बित्तिकै झम्टिहाल्याे ।

–“बेसर्मी भएर घर चल्छ ?” सबै कुरा बुझेका भाेलानाथले छाेराकाे रिसकाे चुराे मत्थर पार्न एउटा प्रश्न गरे ।

–“तिमीहरूलाई ऐतिहासिक महानता बारे थाहा छ ?”

–“यस्ता झल्ला कुरा गर्ने मान्छे कसैकाे लाेग्ने, ससुरा वा बाबु हुनै सक्दैन । अब कि मागेर खानु कि एकैचाेटी मरिजानु ।” त्यसपछि भाेलानाथले थाेत्राे बाकसबाट एकएक गरी फाेटाे र कागजहरू झिकेर लहरै राखिदिए । सबै फाेटाेकाे पछाडिपट्टि लेखिएकाे थियाे ।

–“याे सम्पत्तिकाे सङ्कलन हाे, मेराे मृत्युपछि तिमीहरूलाई सुखी हुन र सम्झन काम लाग्छ !” ओल्टाइपल्टाई हेरिरहेका जति थिए ती सबै फाेटाे पल्टाउँथे आफ्नाे र आफ्नाे परिवारकाे फाेटाे मात्रै भेट्टाउँथे । यससँगै चेक प्याड, लालपूर्जा र तमसुकहरू पनि देख्दथे । भाेला नाथले तब शालीन भएर जबाफ फर्काए ।

–“याे थाेत्राे बाकस एल्बम हाे, सुरिक्षत गर्नू ! रिसराग कम गर्नू यसकाे किमत बुझ्नू !” सबैले निकैबेर लगाएर धेरै पटक एल्बम पल्टाइरहे । त्यसपछि एकछिन अमिलिएर कराए ।

–“धन्न सेफकाे धन !” एउटा पुरानाे कागजमा लेखिएकाे भाषा भाेलानाथले कण्ठ गरेर सुनाए ।

–“पुरानाे कन्था नवा ताना !”

Read more latest stories:

5 thoughts on “लघुकथा: सेफकाे धन~डा. विदुर चालिसे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: