लघुकथा 2020: सुख्खा टाट|Dr. Bidur Chalise|

लघुकथा: सुख्खा टाट

~डा. विदुर चालिसे — Dr. Bidur Chalise

Dr. Bidur Chalise
Dr. Bidur Chalise

Dr. Bidur Chalise

“चाैंरी गाउँलाई ज्ञानकाे उज्यालाेले जगाउने भाे !” अनपढ भूर्तेलले आफ्नाे बचपन बेलाकाे अज्ञान पीडाका बीच उदाउन लागेकाे पाठशालाकाे सन्दर्भमा गर्वका साथ भविश्य तिर सङ्केत गरेर बक्याे । चाैंरी गाउँका स्थानीयहरूले त झन गाैंडा गाैंडामा कुर्ले । —

“पाठशाला खुलेपछि त गाउँका सबै एकसे एक विद्वान् !” ट्याउरीले धाराेमा पानी थाप्दै गर्दा अमलीसँग फाइँफुँई गरेर भनी । —

“आफू त पाठशाला खुलेपछि विहान विहान पढ्न गइन्छ । दिउँसाे दिउँसाे काम ।”

यस्तै उत्साह र उमङ्गका बीच गाउँका सबै भद्रभलाद्मी, तन्नेरी युवा, बुढापाका एवं जानेबुझेका सबै मान्छेहरूलाई हरिसले भेला बाेलाए । भेलामा सबैले आफ्नाे गच्छेअनुसार याेगदान गर्न सहमत भए । स्थानीय श्राेतबाटै चाैंरी गाउँकाे पाठशाला भवनका लागि ढुङ्गा, माटाे, बालुवा बाेक्न, काठ काट्न तथा निर्माण श्रमदान गर्न जैसी गाउँ, आरूखर्क र सुँयल छापका बूढाबूढीहरूसहित सबैलेले नि:सर्त श्रमदान गर्दै याेगदान पनि दिए । जब पाठशाला भवन निर्माणकाे काम अन्तिममा पुग्याे तब एकाएक चर्चा चल्याे । —

“याेगदानलाई ढुङ्गाक्षरमा लेख्ने ।” त्यसपछि सबैभन्दा पहिला चाैंरी गाउँका मैहुँ भन्ने ठुलाठालुका बीचमा भित्रभित्र मत मतान्तर चल्याे । बिस्तारै मध्यम वर्गीय चेतका मान्छेहरूमा विवाद झर्याे । गाउँमा समर्थन र विराेधमा धेरै हल्ला चल्याे। उद्घाटनका लागि लामाे भित्तामा ढुङ्गाक्षरमा लेखिएकाे शिलालेख सजाइएर राखिएकाे थियाे। गाउँकाे कैंयाै उत्साहकाे भीडभाडबाट आँखा तानी तानी बेबरकी खत्रिनीले हेरिरहेकी थिई । वातावरण खुब रमाइलाे थियाे । हाैसला, हर्ष र उत्साहकाे सीमा सबैमा बेजाेडले जागेकाे थियाे । खत्रिनीले शिलालेखमा सबैकाे नाम रहेकाे कुरा मास्टरले पढेकाे सुनी तर उसकाे श्रमदान र याेगदानकाे भने कसैले उच्चारण गरेकाे पनि सुनिन तब उनले भीडभाडमा कराउँदै भनी । —

“हाम्ले ढुङ्गा नबाेकेकाे भए पाठशाला बन्दैनथ्याे । पाठशाला बनिसकेपछि अरूकाे मात्रै नाम लेखेर सुनाउँछ तर हाम्राे नामै आउँदैन त । अबदेखि हाम्राे नाम पनि लेख्दे है माठ्ठर !”

खत्रिनीकाे मनमा उठेकाे रिस सबै साेझा गाउँलेमा पनि थियाे तर उनीहरूले केही बाेल्न सकेनन् । माइक कराइरहेकाे थियाे नै । —

“गाउँले याेगदानकाे कदर !” उद्घाटन सत्रमा सबैकाे थपडी उत्साहले बजेकाे थियाे । नजिकै चाैतारीमा उभिरहेका काठ ताछ्ने ओडले शिला खाेप्नेकर्मीलाई भन्याे ।

–“यहाँ काम गरेकाे ज्याला कहिले दिने रे !” “खै, नदिने रे त ?” “काम नगरून्जेल हेरूँला भन्थे, अहिले बजेट नै सकियाे रे !” “नदिए चन्दा भाे अब !” श्रमिकका जातहरूले फेरि मनमनै पाकेर आआफ्नाे घरतर्फ लागे । उनीहरूमा ज्ञान जगाउने उत्साहभन्दा भाेककाे प्यास मेटाउने तीब्र आवश्यकतामा विरक्त भएकाे कर्मीले भन्याे । —

“आजकाे सामल पनि सुख्खा टाट ?” ” न धन, न प्रमाणित धर्म, हुन्दे !” ज्ञानकाे उज्यालाेमा गाउँका श्रमिकहरू पनि माठ्ठरहरूलाई कुनै आदेश दिन सक्दैनथे ।

Read the latest trending news:

Follow him on Facebook: https://www.facebook.com/drbidurchalise/

4 thoughts on “लघुकथा 2020: सुख्खा टाट|Dr. Bidur Chalise|

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: