लघुकथा: सर्वसत्ता ~डा. विदुर चालिसे

~डा. विदुर चालिसे

लघुकथा: सर्वसत्ता

डा. विदुर चालिसे
डा. विदुर चालिसे

~डा. विदुर चालिसे –“सत्ता ढाल्दिऊँँ ?” पाटीकाे छेउमा बसिरहेकाे एक माग्ने निकै जाेरजुलुमका साथ कराइरहेकाे थियाे । असन्तुलित मानसिकताले ग्रस्त उसलाई उकासिरहनेहरू पनि थुप्रै थिए । उसकाे पक्षमा बेला बेलामा सुनिएकाे स्वरले शङ्ख फुक्थ्याे र अन्त्यमा चिल्लाउँथ्याे ।

–“जय शम्भाे भाेलेनाथ कि जय !” राैद्र रूपमा शङ्खकाे आवाजमा धुन्मुनिएकी एउटी सत्ताकाे परिवर्तनकी सिपाईले भनिन् ।

–“शङ्ख फुकेर मात्रै कहीँ सत्ता परिवर्तन हुने भए काेही रगत बगाएर क्रान्ति गर्छ ?” पाटीमा बसिरहेकाे माग्नेलाई सत्ता परिवर्तनकी ती युवतीकाे कुरा सुनेर अचम्म लाग्याे । उसले त्याे युवतीलाई भन्याे ।

–“लाै ! त्यसाे भए हामी प्रेम गराैँ !”

–“प्रेम ? किन प्रेम गर्ने बेकारमा ! मेराे बन्दुक अझै सेलाएकाे छैन बुझ्याै ? हाेस गर !”

–“प्रेम त हाम्राे पहिल्यै थियाे नि ! बरू तिमी पाे निफुल्केर हिड्याै त । पुरानाे सम्बन्ध याद छैन र ? तिमीलाई ?” सत्ता परिवर्तनकी सिपाई निकै साेचमग्न भइन् । उनले ऐनामा यसाे हेरिन् । सुकेकाे रगतकाे टाटाेले निधार कक्रक्क भएकाे देखिन् । उनलाई विरक्त लागेर आयाे । पाटीमा बसेकाे माग्ने उनीसँग जिस्किरहेकाे थियाे । उसले पुन प्रस्ताव राख्याे ।

–“म शङ्ख फुक्छु, तिमी रगतकाे हिसाब गर । म प्रचार गर्छु । तिमी रगतकाे मूल्य ताेक ।”

–“हेर न त्यहाँ ! अर्काकाे नक्कल गर्न लगाउने नक्कले ! तिम्ले पहिल्यै टाउकाेकाे मूल्य ताेकेर हामीलाई हैरान पारेकाे हैन ?”

–“त्याे त समय नै त्यस्तै थियाे । बिर्सिदेऊ त्याे कुरा !” सत्ता परिवर्तनकी सिपाईंले त्यसपछि आफ्नाे निधार छाम्दै अरूकाे अनुहारमा हेर्न थालिन् । जस-जसलाई देख्थिन् उस -उसकाे निधारमा सेताे चन्दन र राताे तिलक देख्थिन । उन लाई समय परिवर्तन भएछ झैं झन लाग्न थाल्याे । उनले एक वैष्णबलाई भ्रम बस साेधिन् ।

–“के अब निधारकाे रगतकाे टिका चन्दन हुने रे छ, हाे ?” वैष्णबलाई रिस उठ्याे । वैष्णबले विष्णुकाे चरित्र मार्ग सम्झेर खाउँला झैं गरेर छाेइछिटाे गर्दै भन्याे ।

–“कहाँ रगत ? कहाँ चन्दन ? हामी जस्ता अब्बल धर्मभीरूले लगाएकाे असली चन्दन हाे । याे लगाएपछि अति नै शान्ति मिल्छ ।”

–“ओहाे तपाईहरू ढाँट्नु हुन्छ ! तपाईले लगाएकाे रक्त चन्दन हाे पक्कै, बुझ्नुभयाे ?”

–“त्यसाे भए सहमती गराैँ न त रक्त चन्दनमा !”

–“किन र ? तपाईं पनि यसकाे अब्बल वैदेशिक व्यापारी हुनु हुन्छ र ?” त्यसपछि माग्नेले आफ्नाे हातकाे शङ्खमा ध्वनि फुकिरह्याे । वैष्णब र सत्ता परिवर्तनकी सिपाईकाे लामाे सुर्ताकाे बीचमा एउटा सहमती भयाे ।

–“अब दुबैले निधारमा रक्त चन्दन दल्ने !” रक्त चन्दन दलेका मान्छेहरूकाे भीडमा माग्नेकाे शङ्ख ध्वनि काे आवाज सुषुप्त बनिरहेकाे थियाे अनि आफ्नै चलिरहेकाे थियाे ।

–“स्वर्गीय सर्वसत्ता !”

Read more लघुकथा

5 thoughts on “लघुकथा: सर्वसत्ता ~डा. विदुर चालिसे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: