लघुकथा : चक्रव्यूह ~डा. विदुर चालिसे

लघुकथा : चक्रव्यूह ~डा. विदुर चालिसे

लघुकथा : चक्रव्यूह ~डा. विदुर चालिसे

लघुकथा : चक्रव्यूह ~डा. डा. विदुर चालिसे

–“उसले पायाे ! त्यसले खायाे !”

–“त्यसले खायाे ! उसले पायाे !”

–“जस जसले पाए, खाए, खानसम्म खाए !” खान नपाउने नालीमा थिए । पङ्खाहरू पनि थिए । स्वरहरू गुन्जन्थे । प्वाँखहरू हल्लिरहेका थिए । धुन्मुनिएकाे किर्खेले भन्याे ।

–“यहाँ त हात्ती रैछ !”

–“यसलाई कसरी खाने दाउ थाप, दाउ !” मसिना पङ्खरूपी प्वाँख उठाएर हावामा नाचेका किटहरूकाे गृष्मकालीन माैसम थियाे।उनीहरू जब वसन्त ऋतुकाे गर्मिलाे वातावरणमा आफ्नाे जीवन उत्पत्ती गरेर सारा मान्छेलाई दर्द दिन्थे । चुठ्यान, जुठ्यान र फाेहरमा भुन्भुनिंदै मकानकाे रक्षा गर्थे । एकदिन तिनीहरूले बाटाेमा हिंडेकाे हात्तीलाई साेधे ।

–“स्वर्ग जाने बाटाे कता पर्छ !”

–“अहँ थाहा छैन !”

–“हामीचाहि दुब्लाे तँचाहिँ यति ढाडिएकाे किन त उसाे भए !” हात्ती लस्कँदै र कान फ्याटफ्याट गरेर फड्कार्दै आफ्नै तालमा लस्किरह्याे । नाजवाफ हात्ती देखेर उनीहरूले दागा धरे ।

–“पख्लास् ! ठुलाे हुँ भनेर बढी नापिंदाे रहेछ !” त्यसपछि भुसुनाहरू रिसाउँदै भुन्भुनिन थाले। तिनकाे मसिनाे शरिर माहुरीकाे पङ्खझै नाचेका थिए । एउटाले गएर कानमा टाेक्याे, अर्काेले पुच्छरमा, अर्काेले सुँडमा, अर्काेले गुदद्वारमा र अर्काेले पिसाब नलीमा टाेके । तर हात्ती लस्किरह्याे । तिनलाई लाग्याे ।

–“हात्तीकाे शरीर त ठुलाे मात्र हैन, अजीबकाे रहेछ ।” त्यसपछि उनीहरूकाे सल्लाहमा दाउपेच सुरू भयाे । सबैले निर्णय गरे ।

–“गएर आँखामा टाेक्दिउँ, त्याे ढल्छ !” नजिक जाँदाजाँदै हात्तीले मरून्जेल अपच पेटकाे काँचाे वायु टुइँक्यायाे । उनीहरू त्यहीँ कति ढले । कति बेहाेसले रन्थनिए । हात्ती चुपचाप अगाडि लाग्याे । भुसुनाहरू फेरि सल्लाह गर्न लागे । अतृप्त मनका स्वादलाई साक्षी राखेर कराए ।

–“अब सहमती हुन्न, आँखा चिम्लिउँ !” केहीछिन पछि गृष्मकालीन समयकाे बेला थियाे । हावाहुरी बेसरी आयाे । भुसुनाहरू उडेर कता पुगे पुगे । तिनका भुनिला स्वरहरू मात्र सुनिएका थिए ।

–“चक्रव्यूहकाे दाउपेच !”

आधुनिक नेपाली लघुकथा

YOU MAY BE INTERESTED:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: