नेपाली लघुकथा: अनाडि हुर्मत, डा. विदुर चालिसे

नेपाली लघुकथा: अनाडि हुर्मत

~डा. विदुर चालिसे

नेपाली लघुकथा: अनाडि हुर्मत, डा. विदुर चालिसे
नेपाली लघुकथा: अनाडि हुर्मत, डा. विदुर चालिसे

नेपाली लघुकथा: चियाकाे गफमा उडेकाे तुफानीजस्तै ताताेपानी सेलाएर पिउनँ नपाउँदै मनै पाेल्ने गरी वेटरले अगाडि आएर भन्याे ।

–“ई.. …! हेर्नाेस् त सरहरू मेराे त फेसबुकमा आज परिचय जताततै निस्केछ ! म त कति भाग्यमानी रैछु भने ! हि हि हि !” उसकाे खिसिस्स हाँसेर देखिएकाे दाँतमा कालाे दालकाे बाेक्राे टाँसिएकाे थियाे । मसँगै बसेकाे साथीलाई अलि जङग चलेछ कि क्या हाे । उसले भन्न भ्याइहाल्याे । –“के तपाईका फ्यानहरू धेरै छन् ?”

–“जत्ति छन् त हजुर ! जवाना खराब छ फ्यानहरू नभए त जिन्दगीमा सासै चल्दैन !” मेराे साथीकाे दम बढेर गयाे । उसकाे मन बुझ्न सकेकाे थिइन । उ त्यसै बर्बराएकाेले चुप लाग्छ कि भनेर उसलाई चिमाेटेँ तर उसकाे मथिङ्गल झन चड्क्याे क्यारे उसले पुन उभिएकाे वेटर लाई साेध्याे ।

–“के तिनीहरू सधैं भेटिन आउँछन् त ?”

–“उम् ! सर पनि, याे त हाम्राे उत्कृष्ट परिचय कारखाना हाे !” मेराे साेझाे साथीकाे अनुहार झनझन राताे हुनथाल्याे । उसकाे अगाडि रहेकाे ताताेपानी सेलाएर हिऊँजस्ताे भइसकेकाे थियाे । उसले केही राेमान्चित भएर वेटरलाई साेधेर अक्कर्यायाे ।

–“फेसबुकमा परिचय सृष्टि गराउने स्रष्टाचाहिँ सबैलाई चिन्नु हुन्छ त तपाईं !”

–“हत्तेरिका सर ! तेस्ताे कुरा नि गर्नु ? याे त इन्टिमेसीकाे कुरा हाे नि त ! बेला बखत भेट्याे । खायाे । भलाकुसारी गर्याे। सँगै हिड्याे अनि फ्यान त कति हुन्छन् कति !”

–“लाै सकिएन बा बा तपाईलाई !” मेराे साथी उसँग हार खाएर एकछिन चुप लागेकाे थियाे । वेटर भित्र पसेर बाहिर निस्कँदा ननिस्कँदै एक भद्र चालकी महिला वेटरलाई भेट्न टुप्लुक्क आइपुगिन् । वेटरले दशी प्रमाण थप्दै मेराे साथीलाई हतार हतार परिचय गरायाे ।

–“फेसबुकमा मेराे परिचय लेखेर मलाई स्रष्टा बनाउने उहाँ त मेराे महान समीक्षक हुनुहुन्छ !” उनी चुपचाप लागिन् । त्यसपछि मेराे साथीले महिलाकाे शुभ नाम साेध्याे । उनले अवास्तविक नाम मात्रै भनिन् ।

–“स्रष्टा कम द्रष्टा याने समीक्षक !” मेराे साथी आफुलाई निकै अब्बल गफाडी ठान्दथ्याे । उसले पनि गफ छाेडिहाल्याे ।

–“मचाहिँ लघुताभासले ग्रस्त स्रष्टा !” ती समीक्षक निकै आत्तिए झैं गरेर परपर सर्दै गइन् । अन्त्यमा उनले एक शब्द फुस्काएर भनिन् ।

–“हजुरकाे परिचय यत्ति हाे ? नत्र म स्रष्टा-परिचय लेखिरहन्छु । कुनै दिन हजुरकाे पालाे आउँछ !” मेराे साथीकाे कम्पाराे रनक्क तातेछ । उसले हिऊँजस्ताे चिसाे पानी थपिथपी पियाे र थप जिज्ञासामा साेध्याे ।

–“के तपाईं प्राध्यापक हुनुहुन्छ त ?”

–“हाेइन नि यस्तै छ, यस्तै गरिराछु ?”

–“मतलब प्राज्ञ हुनुहुन्छ हाेला त उसाे भए हैन ?”

–“सिफारिसमा नाम त पारेकाे थिएँ तर के गर्नु ? जाेड पुगेन र छाेडिदिएँ !” भाेलिपल्ट मेराे साथी दाैड्दै आएर मलाई माेवाइल देखाएर भन्याे ।

–“हेर त साथी समीक्षक त कडी मापा कि र छ त ? म त वरिष्ठ साहित्यकार रे !”

–“लघु आयामकाे परिचय भनेकै यही हाे नि त !” वेटर मरिमरि हाँसिरहेकाे थियाे । उसकाे हाँसाेमा बजारिया साहित्यकाे माहाेल चम्किरहेकाे थियाे । उसले बेसरम खाेकि रह्याे ।

–“सर सधै सर्जक र समीक्षककाे गाेप्य गफ त यहाँ कति चल्छ चल्छ !” सबैजना सिर्जनाकाे स्वादमा सर्जक-सृष्टिसँग मात्तेका थियाैँ । वेटरले ताताेपानी थपिरहेकाे थियाे ।

साहित्यिक गफ क्रमश : स्रष्टा-परिचयकाे रूपमा चलिरहेकाे थियाे ।

–“साहित्यिक अनाडि !”

More…..

विदुर चालिसे, लघुकथा: गाेदान, नेपाली लघुकथा

लघुकथा: हुन्छकाे सपना, डा. विदुर चालिसे

नेपाली मुक्तक: स्वदेशी भुमिमा – सुर्य बहादुर गोले

2 thoughts on “नेपाली लघुकथा: अनाडि हुर्मत, डा. विदुर चालिसे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: