चितवनमा कटेज भित्र जुवातास खेल्ने ८ जना समातिए, १ लाख २१ हजार नगद बरामद

चितवनमा कटेज भित्र जुवातास खेल्ने ८ जना समातिए, १ लाख २१ हजार नगद बरामद

चितवन । कटेज भित्र जुवातास खेल्ने ८ जनालाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको छ । कात्तिक १९ अर्थात गय राति करिव १ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं.४ लंकु स्थित एक कटेजमा जुवातास खेली रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

बाजी थापी पैसा हारजित हुनेगरी जुवातास खेलि रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटीएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट नगद रु १ लाख २१ हजार ४ सय २५ बरामद गरिएको छ।

चितवनमा कटेज भित्र जुवातास खेल्ने ८ जना समातिए
चितवनमा कटेज भित्र जुवातास खेल्ने ८ जना समातिए, १ लाख २१ हजार नगद बरामद


पक्राउ पर्नेहरुमा रत्ननगर नगरपालिका वडा नं.१ बस्ने बर्ष ३५ को मनोज तामाङ, भरतपुर महानगरपालिका वडा नं.१५ बस्ने बर्ष ३७ को चिजु गुरूङ, बर्ष ३० कि अनु गुरूङ (थापा), बर्ष ३७ को नविन गुरूङ, बर्ष २८ को प्रजित ठकुरी, बर्ष ४० को प्रकाश थापा मगर, बर्ष ३५ को लक्ष्मण गैरे, बर्ष ३० को सुजन पौडेल रहेका छन्। उनीहरु विरुद्ध जुवा कसुरमा मुद्धा चलाई हिरासतमा राख्न म्याद अनुमति लिईएको छ। थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

Source: जिल्ला प्रहरी कार्यालय चितवन

Follow our Facebook Page: https://www.facebook.com/Bihaanipost

Read more trending stories:

3 thoughts on “चितवनमा कटेज भित्र जुवातास खेल्ने ८ जना समातिए, १ लाख २१ हजार नगद बरामद

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: