आधुनिक नेपाली लघुकथा: माैलिक हक ~ डा. विदुर चालिसे

आधुनिक नेपाली लघुकथा : माैलिक हक

डा. विदुर चालिसेद्वारा लिखित आधुनिक नेपाली लघुकथा : माैलिक हक हो

नेपाली लघुकथा: माैलिक हक ~ डा. विदुर चालिसे
नेपाली लघुकथा: माैलिक हक ~ डा. विदुर चालिसे

~डा. विदुर चालिसे

के मनमा आएर हाे कुन्नी ? भर्खर मात्रै बेहुली बनेर भित्रिएकी निनाउरीलाई मनमा चाेट नै पुग्नेगरी चमेलीले परिवारकाे इर्स्या हाे या निनाउरीकाे आरिसले मनकाे कुण्ठा पाेखिदिई ।

–“मसँग तुलना हुनसक्ने काेही छ र भन्या ?” चमेलीले आफ्नै देउरानी निनाउरीसँग भनी। निनाउरी एकछिन चुपचाप लागी । यत्तिकैमा सासुबज्यैले खाना खान बाेलाइन् । दुवैजना गफगाफमा फुटानी गर्न छाेडे । जुरूक्क उठेर भान्सा तिर लागे । भान्सामा निनाउरीकाे मुखबाट अटेसमटेस भएकाे चित्तमा सल्बलाएकाे निचताकाे जहरकाे कुरा फुस्क्याे ।

–“दिदी ! म पनि कम्ता कि छाेरी त हाेइन नि ! कसैसँग झुक्न जानेकाे छैन !”

–“घरभित्र पस्न नपाइ नापिएकाे कुरा ?” त्यसपछि सवाल जवाफहरू थप सुरू भयाे । भान्सामा सासु बज्यैले व्यवस्था गरेर पकाइदिएकाे खाना सप्र्याकसुप्रुक खाए । दायाँ बायाँ फर्केर खाना खाएकाे थाल टिपेर उठे । तिनीहरू सँग भ्रममा हुर्केकाे एउटा दम्भकाे अभिमान थियाे ।

–“कस्काे ? अहम् ठुलाे !” चमेलीले हातकाे थाल धुँदा धुँदै भूईंतिर जाना जान बजारिन् । उनकाे रिस केही मथ्थर भएजस्ताे बुझिन्थ्याे । निनाउरीलाई पनि कम्ति सनक चढेन । उनले पनि कडै शब्दमा काेक्याएर बाेलिन् ।

–“मेरा बाउ पनि कम्तिका खान्दानी छैनन् ? यसले हेपेकाे ? यसकाे नियत नै ठिक छ‌ैन । यसकाे बाबुकाे घर हाे र ? याे !” आँखा तरेर हेरिरहेकी निनाउरी चमेलीतिरबाट फरक्क फर्की। चमेलीले निनाउरीलाई धारे हात लगाई । निनाउरीले पनि हात उठाएर त्यस्तै गरी। उनीहरूकाे “काे ठुलाे” भन्ने इगाेकाे झगडा सासू बज्यैले हेरिरहेकी थिइन् । एकदिन उनीहरूकाे बाबुकाे इज्जत र अहँकाे इगाे घर झगडा तिर माेडियाे । उनीहरूलाई सम्झाइबुझाइ गरेर सासू बज्यैले एउटा तुलाे दिएर भनिन् ।

–“लाै ! अब म बुढी भएँ । ईश्वरकाे ध्यान गर्न तीनधाम जान्छु । घर बारकाे जिम्मा तिमीहरूकाे !” उनीहरूमा धेरै दिनदेखि तनावमा चढिरहेकाे रक्तचाप, इगाेकाे सन्ताप र मानसकाे राप एकाएक खर्ल्याक खुर्लुक भयाे ।अझै सासू बज्यैले थपथाप गरेर अरू कुरा पनि भनिन् ।

–“परिवारकाे सन्तुलन कायम गर्नू !” त्यसपछि उनीहरूले तुलाेलाई पालैपालाे हातमा लिएर घाेरिन थाले । जब तुलाे हातमा लिन्थे तब उनीहरूलाई एउटा हैरानी पक्कै पनि भइरहेकाे थियाे । वस्तुकाे ताैल बराबर देख्दैनथे ।” अब उनीहरूकाे एउटै ध्यान थियाे ।

–“परिवारकाे व्यवहारलाई बराबर कसरी जाेख्ने ?” समस्याकाे जडमा फस्दै गएपछि उनीहरूले घर चलाउने एक उपाय साेचे र सहमती गरे ।

–“जाेख्ने काम बन्द !” उनीहरूले जब कुनै पनि सन्दर्भहरू जाेख्ने काम नै छाेडे, तब उनीहरूमा एउटा नयाँ उन्नतिकाे उदय भयाे ।

–“नाैलाे ईश्वरकाे जन्म !” तीन धामबाट फर्केकी सासू बज्यैले गाऊँमा कुरा पुर्यारहेकी थिइन् । गाऊँलेहरू उनलाई सुनाउँथे ।

–“चाैताराे र सुली कहाँ एकैनास हुन्छ र ?”

–“त्यही त माैलिक हक !”

आधुनिक नेपाली लघुकथा: अनाडि हुर्मत, डा. विदुर चालिसे

One thought on “आधुनिक नेपाली लघुकथा: माैलिक हक ~ डा. विदुर चालिसे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: