आधुनिक नेपाली लघुकथा : दै च्यूरे ~डा. विदुर चालिसे

लघुकथा : दै च्यूरे ~डा. विदुर चालिसे

आधुनिक नेपाली लघुकथा : दै च्यूरे ~डा. विदुर चालिसे

आधुनिक नेपाली लघुकथा : दै च्यूरे ~डा.  विदुर चालिसे
आधुनिक नेपाली लघुकथा : दै च्यूरे ~डा. विदुर चालिसे

–“सांस्कृतिक पर्व अरे !”

–“हैन हैन असांस्कृतिक बेपर्व !!” केही लुच्चा खेतालाहरू डिलमा बसेर यस्ता गफ हाँकिरहेका थिए । सज्जन राेपार, हली, बाउसे, झार माडुवा र गाेरूहरू बाँझाे फाड्दै असारे गाना गाइरहेका थिए ।

–“असारकाे पन्द्र तिमी रामचन्द्र, बनवासी भयाै नि ! हामी सबै यता दै च्यूरा खान, कता गयाै नि !!” याे लयकाे भाकामा असारकाे पन्द्र चलिरहेकाे थियाे । दिउँसाे खाजा खाने बेलामा एउटा लुच्चाेले भनिहाल्याे ।

–“असारकाे पन्द्रमा पनि जाबाे फुकाे च्यूरा र आलु मात्रै दिने, दही च्यूरा दिनु पर्दैन ?” घरपेटीकाे टाउकाे रन्क्याे । उ चुप लाग्याे । अर्काे गाउँले लुच्चाे सँगसँगै झाेक समेत फेर्न थाल्याे ।

–“कन्जुरका सन्तान, बाँडिचुँडी खाउँ भन्ने कहिल्यै छैन !” सज्जन खेतालाहरूले मन बुझाएर उनीहरूकाे सामूहिक उत्तर फर्काए । फुकाे च्यूरा र आलु खाए ।

–“पेट ढाडियाे !” बाङ्खुरे खेतालाेले भुँडी पुटुक्क देखायाे अनि हातले निकैबेर मुसारेर कल्प्याे ।

–“अर्काे वर्ष भैंसी ब्याउँछ अनि खाउँला !” घरपेटीलाई हियाए जस्ताे लाग्याे । उनलाई खपिसक्नु भएन । आफ्नाे मालिकत्व धर्म कायम गरेर उसले भने ।

–“हल गाेरू ब्याउँछ अनि !” हेर्दाहेर्दै खाजाकाे निहुँमा समय घर्कन लाग्याे । खेतालाहरूकाे जिउमा आलश्य, जलन र झकासहरू पलाउन थाल्याे। कसैले बिस्तारै विऊ तान्न, कसैले बाउसे गर्न,कसैले हिल्याउन, कसैले कान्ला ताछ्न छाेडेर समय छउन्जेल घरपेटी प्रतिकाे आग्रह र कुण्ठाले गफ छाेडे । दही र च्यूराकाे स्वाद तिनकाे जिब्राेभित्र रसिलाे भएर उम्रिरहेकाे थियाे। अर्काे लाेभीले सबैसँग करायाे।

–“तिमीहरू कस्ता दै च्यूरे !”

–“दही चिउरा नखाने नि दै च्यूरे हुन्छ ?”

–“लुच्चाहरू ! बाेली नफेर न क्या !” सबैजना एकपटक गलल्ल हाँसे । उनीहरू सबै मुखामुख गर्न लागे । उनीहरूले अन्त्यमा साँझपख छुट्टिने बेलामा देश लाष्टै खतम भएर डुब्न लागेकाे टुङ्गाेमा पुगेर भने ।

–“आजकाे खेती सकियाे ।”

आधुनिक नेपाली लघुकथा

Read more:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: