अंशु कार्की कविता: कसलाई के थाहाँ

कविता: कसलाई के थाहाँ

अंशु कार्की, मकवानपुर

सामाजिक अभियन्ता अंशु कार्की ले लेख्नु भएको कविता: कसलाई के थाहाँ

एकदमै राम्रो छ। सबै जना ले एक पटक पढ्नु होला ।
अंशु कार्की कविता: कसलाई के थाहाँ
कविता: कसलाई के थाहाँ

चल्दैं जादाँ जिन्दगीले कति खेर कुन

मोड लिन्छ कसलाई के थाहाँ ।

साथमा नै यात्रा तय गर्छु भन्ने सहयात्री

कुन मोडमा छुट्छ कसलाई के थाहाँ ।

तिम्रो अघि मिलेर झै गरी तिम्रा पछि

नराम्रो बनाउँन दाउ हेरी बस्छ कसलाई के थाहाँ ।

हुन व्यवहारले तिम्रो शुभचिन्तक सारै भलो चिताए

झै गरि थाहाँ नै नदिइ छुरा धस्छ कसलाई के थाहाँ ।

सबै हेर्दा उस्तै लाग्छ्न ईश्वरको सृष्टि

कति धेरै होला मनभित्र कुदृष्टी कसलाई के थाहाँ ।

If you want to read more Poem, then kindly follow her on Facebook: https://www.facebook.com/ansu.karki.94

कविता: “यो भएजस्तो हुनुभन्दा” – Mohit Joshi

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: